

सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिया प्रयोग

जनकपुर – ‘तपाई सीसी क्यामेराको निगरानीमा हुनुुहुन्छ’ जनकपुस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ । सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ ।
सेवाग्राहीले प्रस्ट देख्ने गरी लेखा फाँट, राजस्व तोक्ने काउन्टरको दाहिनेतर्फ अख्तियारको सूचना छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस रिस्वत मागेमा ९८५४०३१४५६ र ०४४ ५५०६६८ मा फोन गर्नुहोला ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयमाथि निगरानी बढाएपछि बिचौलिया र कर्मचारी तर्सिएका छन् ।
तर, उनीहरुले घुस खान छोडेका छैनन् । घुस माग्ने नयाँ नयाँ उपाय प्रयोगमा ल्याइरहेका छन् । यो समाचार मनिका झा र राजकरण महत्तोले अन्नपूर्णमा लेखेका छन् ।