पत्रकार तिवारी सम्मानित

काठमाडौं । साकुरा टेलिभिजनका प्रबन्ध निर्देशक एवं पत्रकार तिलक प्रसाद तिवारी सम्मानित भएका छन् ।

अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी इन्टरनेशनल ३२९२ नेपाल भूटान तथा त्यस अन्तर्गतका विभिन्न क्लवले गरेका गतिविधिलाई संचारमाध्यम मार्फत आम नागरिकका विचमा पुर्याउन महत्वूर्ण योग्दान गरेको भन्दै उनलाई बिहीबार रोटरी जर्नो अवार्ड समारोहमा रोटरी क्लव अफ ज्ञानेश्वरले सम्मान गरेको हो ।

रोटरी क्लव अफ जावलाखेलका उपाध्यक्ष समेत रहेका तिवारीले विगत ५ बर्षदेखि विभिन्न पत्रपत्रिका, रेडियो र टेलिभिजनमा रोटरी सम्बन्धि समाचारलाई बिशेष प्राथमिकताका साथ लेखन, प्रकाशन तथा प्रसारण गर्देै आएका छन् । हाल उनले साकुरा टेलिभिजनमार्फत जय रोटरी नामक अन्तर्वार्ताको कार्यक्रम चलाईरहेका छन् ।

सो कार्यक्रममा उनले रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपालको नेतृत्वमा रहेकादेखि विभिन्न रोटरी क्लवका पदाधिकारीहरुलाई निमन्त्रणा गरेर रोटरीको काम, कर्तव्य र रोटरीले गरेका परियोजना र त्यसको सामाजिक प्रभावकाबारेमा विविध जानकारी पस्कँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *