गगनको रोजाईमा पर्यो कास्की–१, कास्की कांग्रेस कार्यकर्ता उत्साहित

कास्की । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कास्की—१ बाट उठ्ने भएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन लड्न महामन्त्री थापाले कास्की—१का लागि निवेदन परेको छ।

थापाले कास्की—१बाट प्रत्यक्षतर्फको उम्मेदवार बन्न कास्की कांग्रेस सचिव भानु ढकालमार्फत निवेदन दिएका हुन्। गगन थापा काठमाडौँ–४बाट निर्वाचित सांसद हुन्।

गगनको यहाँबाट निवेदन परेसँगै कास्की कांग्रेसका कार्यकर्ता उत्साहित बनेका छन् । थापाले कास्कीबाट निर्वाचन लड्नका लागि निवेदन दिएपछि कास्की क्षेत्र नं. १ का अन्य दलका कार्यकर्ता पनि उत्साहित बनेका छन् । ‘गगन थापा आउने हो भने त किन अरुलाई भोट दिनु, गगनले कास्की रोज्नु गौरवको कुरा हो,’ नेकपा एमालेबाट विद्यार्थी राजनीति गर्दै आएका एक युवाले भने ।

यसैबीच बुधबार उनले काठमाडौंको निर्वाचन क्षेत्र–४ मा पनि उम्‍मेदवार बन्‍न आवेदन दिएका हुन् । यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *