

नेपाल प्रहरी प्रमुखको जिम्मेवारी एआईजी सहकुल थापालाई

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह अमेरिका प्रस्थान गरेपछि प्रहरी प्रमुखको जिम्मेावारी वरिष्ठ एआईजीपी सहकुल थापाले पाएका छन् ।
संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रका प्रहरी प्रमुखको अमेरिकामा हुने सम्मेलनमा सहभागी हुनका लागि आईजीपी सिंह सोमबार अमेरिका प्रस्थान गरेका थिए ।
अगस्ट ३१, सेप्टेम्बर १ र २ मा आयोजना हुने प्रहरी प्रमुखहरुको सम्मेलनमा भाग लिन आईजीपी सिंह अमेरिका प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सम्मेलनमा द्वीपक्षीय तथा बहुपक्षिय भेट समेत हुने बताइएको छ ।
यसैगरी संयुक्त राष्ट्रसंघले आयोजना गरेको सम्मेलनमा सहभागी हुन शसस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल पनि अमेरिका प्रस्थान गरेका छन् । आईजीपी सिंह र अर्याल करिब दुई सातापछि फर्कने कार्यतालिका रहेको बताइएको छ ।