एसईई २०७८ः नवलपुर आवासिय माविका विश्वकर्माले ‘टपे’ पूर्वी नवलपुर !



नवलपुर ।  २०७८ सालको एसईई परिक्षामा पूर्वी नवलपुर जिल्लाको चोरामारास्थित नवलपुर आवासीय माविका आशिष विश्वकर्माले दलित छात्रहरुमा जिल्ला टप गरेका छन् ।

राष्ट्रिय परिक्षा बोर्डद्वारा बुधबार प्रकाशित यस वर्षको एसईई परिक्षामा मध्यविन्दु नगरपालिका वडा नं. ७ मा रहेको नवलपुर आवासिय माविका छात्र आशिष विश्वकर्माले ३.९५ जीपीएसहित जिल्ला प्रथम भएको दाबी विद्यालयले गरेको छ ।

हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै आएको पूर्वी नवलपुरकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित नवलपुर आवासीय माविले यसवर्षको एसईईमा पनि उत्कृष्ट नतिजा ल्याएको विद्यालयका प्रिन्सिपल देवीलाल पाठकले बताए । यसवर्षको नतिजाअनुसार परिक्षामा सहभागीमध्ये ६ जनाले ‘ए प्लस’ र १६ जनाले ‘ए’ जीपीए ल्याएको पनि उनले जनाए ।

मध्यविन्दु नगरपालिकाको चोरमारामा रहेको उक्त विद्यालय विगत लामोसमयदेखि पूर्वी नवलपुरमा उत्कृष्ट विद्यालयहरुमा स्थापित हुँदै आएको छ । विद्यालयले प्लस २ तर्फ व्यवस्थापन अन्तर्गत होटल म्यानेजमेन्ट र कम्प्युटर विज्ञानका कक्षाहरु पनि सञ्चालन गर्दै आइरहेको छ ।