बालेनमाथि गम्भीर आरोप लगाउने डा. आरजु पुगिन् ‘द क्लिफ’ !

पर्वत । नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पर्वत आइपुगेकी छिन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी देउवा पर्वतको कुश्मास्थित ‘दक्लिफ’मा पुगेकी हुन् ।

गण्डकी प्रदेशको भ्रमणमा रहेकी देउवाले यसअघि पोखरा, कुश्मालगायतका स्थानमा आयोजित पार्टीका कार्यक्रममा सहभागि भएकी थिइन् ।

पछिल्लो समय काठमाडौं महानगर पालिकाका प्रमुख बालेनमाथि रूटिन अफ नेपाल बन्दलाई पैसा तिरेर चुनावी प्रचार गरेको आरोप लगाएकी थिइन् ।

उनले हालै पोखरामा नेपाल तरूण दलले आयोजना गरेको कार्यक्रममा बालेनले रूटिन अफ नेपाल बन्दलाई कन्सल्टेन्सीका रूपमा प्रयोग गरेको आरजुको दाबी रहेको छ। उनले भनेकी थिइन्, ‘म ओपन्ली त भन्न चाहन्न, तर सोसल मिडिया रूटिङ अफ नेपाल बन्द बालेनले कतिमा ‘हायर’ गर्नुभयो ?’

त्यस्तै डा. देउवाले मंगलबार राजनीतिक दलको घोषणा गरेका रवि लामिछानेप्रति पनि लक्षित गर्दै ‘पत्रकार पनि पत्रकारिता छाडेर राजनीति गर्न आएका छन्। हुन त राम्रो हो, रमाइलो हुन्छ विभिन्न विचार बोकेका मानिस राजनीतिमा आउँदा’ भनेकि थिइन् ।

तस्बिरहरूः मनिषजंग थापाको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *