राजनीतिक मार्गचित्र प्रस्तुत गर्दै रवि लामिछाने, दल दर्ता गर्ने तयारी

काठमाडौं । सञ्चारकर्म त्यागेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ राजनीतिक दलको घोषणा गर्ने तयारी गरेका छन्।

आज मंगलबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा उनको दलको औपचारिक घोषणामार्फत आप्mनो राजनीतिक मार्गचित्र प्रस्तुत गर्दैछन् ।

लामो समय सञ्चारकर्मीको भूमिका निर्वाह गरेका लामिछानेले पछिल्लो समय ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएर आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिने घोषणा गर्दै आगामी यात्राका लागि राजनीतिलाई अंगाल्न खोजेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन्।

पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन्। संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ। रवि स्वयम् भने प्रत्यक्षमा नै लड्नेछन्।

रविले काठमाडौंको बसुन्धारामा आफ्नो कार्यालय स्थापना गरिसकेका छन्। ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएपछि उनले यो कार्यालय खोलेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *