तनहुँका कुन स्थानीय तहमा कति बजेट ?

ब्यासमा ८५ करोड हुँदा आँबुखैरेनीमा २८ करोड ३५ लाख विनियोजन



दमौली । तनहुँका स्थानीय तहलाई संघीय सरकारबाट चार अर्ब ३४ करोड ८७ लाख बजेट विनियोजन भएको छ। आर्थिक वर्ष २०७९/८० का लागि जिल्लाका दश स्थानीय तहलाई उक्त बजेट विनियोजन भएको हो।

चार नगरपालिका र छ गाउँपालिकालाई सरकारले अन्तर सरकार वित्तीय  हस्तान्तरणमार्फत उक्त रकम विनियोजन गरेको अर्थ मन्त्रालयले जनाएको छ। चार नगरपालिकाका लागि दुई अर्ब ४५ करोड ५७ लाख र छ गाउँपालिकाका लागि एक अर्ब ८९ करोड ३० लाख बजेट विनियोजन भएको छ।

भानु नगरपालिकाका लागि चालुतर्फ ५२ करोड ७३ लाख र पुँजीगततर्फ पाँच करोड नौ लाख गरी कूल ५७ करोड ८२ लाख, भिमाद नगरपालिकाका लागि चालुतर्फ ३९ करोड ६१ लाख र पुँजीगततर्फ चार करोड ९७ लाख गरी कूल ४४ करोड ५८ लाख, व्यास नगरपालिकाका लागि चालुतर्फ ७१ करोड ३९ लाख र पुँजीगततर्फ १४ करोड ३८ लाख गरी कूल ८५ करोड ७७ लाख र शुक्लागण्डकी नगरपालिकाका लागि चालुतर्फ ४८ करोड २३ लाख र पुँजीगततर्फ नौ करोड १७ लाख गरी कूल ५७ करोड ४० लाख विनियोजन भएको छ।

आँबुखैरेनी गाउँपालिकाका लागि चालुतर्फ २५ करोड ३४ लाख र पुँजीगततर्फ तीन करोड एक लाख गरी कूल २८ करोड ३५ लाख, ऋषिङ गाउँपालिकाका लागि चालुतर्फ ३२ करोड ८३ लाख र पुँजीगततर्फ एक करोड ८१ लाख गरी कूल ३४ करोड ६४ लाख, घिरिङ गाउँपालिकाका लागि चालुतर्फ २४ करोड ९६ लाख र पुँजीगततर्फ तीन करोड ८१ लाख गरी कूल २८ करोड ७७ लाख विनियोजन भएको छ।

देवघाट गाउँपालिकाका लागि चालुतर्फ २८ करोड ६४ लाख र पुँजीगततर्फ दुई करोड ८६ लाख गरी कूल ३१ करोड ५० लाख, म्याग्दे गाउँपालिकाका लागि चालुतर्फ २७ करोड ७९ लाख र पुँजीगततर्फ चार करोड ७४ लाख गरी कूल ३२ करोड ५३ र बन्दीपुर गाउँपालिकाका लागि चालुतर्फ २७ करोड ४९ लाख र पुँजीगततर्फ छ करोड दुई लाख गरी कूल ३३ करोड ५१ लाख बजेट विनियोजन भएको छ।