३५१७ थपिएसँगै हालसम्म १लाख ६८ हजार २ सय ३५ संक्रमित पुगे



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५१७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यससँगै हालसम्म देशभर कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । आज संक्रमित मध्ये १३६१ महिला छन् भने बाँकी २१५६ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती मध्ये बाग्मती प्रदेशमा मात्र २२६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १४९८९ को पीसीआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा कोरोनाबाट ४०९६ जना निको भएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा देशभर थप १६ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय २० पुगेको छ ।