उपत्यकामा १४३ सहित देशभर थप थप ५७० कोरोना पुष्टी, ६ को मृत्यु  



काठमाडौं । नेपालमा गत २४ घन्टामा ५७० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको ८७८९ जनाको परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार काठमाडाैंमा ११६, भक्तपुरमा ९ र ललितपुरमा १८ जना नयाँ संक्रमितसँगै उपत्यकामा १४३ नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा १९९३ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ४६ हजार ३३० जना पुगेको मन्त्रालयले जनाएको छ ।

No photo description available.

त्यस्तै गत २४ घन्टामा नेपालमा ६ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार ९ सय ११ जनाको मृत्यु भइसकेको छ ।

नेपालमा गत २४ घन्टामा १ लाख ६४ हजार ४७५ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी अहिलेको अवस्थामा नेपालमा १६ हजार ६ सय १६ जना सक्रि संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।