मतान्तर बढाउँदै देउवा, ३१८१ मत गनिसक्दा देउवाले पाए १५०५
काठमाडौं – कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् ।
अहिलेसम्म ३१८१ मत गनिसक्दा देउवाले १५०५ मत प्राप्त गर्दा शेखर कोइरालाले भने ११७८ मत प्राप्त गरेका छन् ।
प्रकाशमान सिंहले २५४, विमलेन्द्र निधिले १७३ र कल्याण गुरुङले १५ मत प्राप्त गरेका छन् ।
नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।
कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।