नेपाल प्रहरीका ६३ एसपीको सरुवा, को–कहाँ पुगे ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको मानव श्रोत विभागले एकैपटक ६३ जना प्रहरी उपरिक्षक (एसपी) को सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षक (आईजीपी) को मिति २०८२÷०१÷१५ गतेको निर्णयानुसर बैशाख महिनादेखिकै तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको हो ।

सरुवासूची अनुसार जिल्ला प्रहरी रुपन्देहीमा प्रदीप बहादुर क्षेत्रीको सरुवा भएको छ । पहिलो नम्बरमा क्षेत्रीलाई एसपी बढुवामा तत्कालिन गृहमन्त्री रवि लामिछानेले छुटाएका थिए । अहिले रवि लामिछाने रुपन्देही कारागारमा थुनामा रहेकै बेला प्रदीप सोही जिल्लाको प्रमुख भएर गएका छन् ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय चितवनमा गोविन्द पुरीलाई पठाइएको छ भने चितवनका एसपी राजन लिम्बुलाई दोहोर्याएर जिल्लाको प्रमुख बनाइएको छ ।
लिम्बुलाई प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा सरुवा गरिएको छ ।

२३ जिल्लाका प्रहरी प्रमुख फेरिए
सरुवा सूची अनुसार २३ वटा जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । जसमा बाँकेमा रामकुमार घर्ती, कञ्चनपुरमा खड्गकुमार खत्री, बाग्लुङमा तिलक भारती, स्याङजामा दधिराम न्यौपाने, धनुषामा नरहरी रेग्मीको सरुवा भएको छ ।

त्यसैगरी, गुल्मीमा नारायण प्रसाद अधिकारी, रौतहटमा नेत्रमणि गिरी, पाल्पामा पवन भट्टराई, कैलालीमा बालनरसिंह राणा, गोरखामा भरत विक, सर्लाहीमा योगेन्द्रसिंह खड्का, सिन्धुलीमा लालध्वज सुवेदी र काभ्रेपलाञ्चोक कोमल शाहको सरुवा भएको छ ।

त्यस्तै धनकुटामा शरदकुमार शाह क्षेत्री, सुर्खेतमा सुधीरराज शाही, सिरहामा अनन्तराम शर्मा, पूर्वी नवलपरासीमा अनुपम श्रेष्ठ, र महोत्तरीमा हेरम्ब शर्माको सरुवा भएको छ ।

मोरङमा कार्यरत नारायण चिमोरिया र धादिङमा कार्यरत दीपन्द्र शाहीको तिनै जिल्लामा दरबन्दी कायम भएको छ।

सूचीः