

सुहागरात नमनाउँदै बेहुली फरार

बाँके । घटना पनि अनेक सुन्न पाइन्छ । नेपालको बाँके जिल्लामा यस्तै अनौठो घटना सार्वजनिक भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–८ शक्तिनगरमा एक नवविवाहित बेहुली विवाहकै राति फरार भएको घटना सार्वजनिक भएको छ ।
कैलाली, टिकापुर नगरपालिका–७ सतिगाउँकी २२ वर्षीया सम्मी चौधरी फाल्गुन १० गते बनिलाल गम्बासँग विवाह बन्धनमा बाँधिएकी थिइन् । चौधरी विवाहभन्दा तीन दिन अघि नै बेहुलाको घरमा आइपुगेकी थिइन् । तर, विवाह सम्पन्न भएको दिनको राति नै उनी अचानक घरबाट बेपत्ता भइन् ।
बेहुलाका बुवा बिरेन्द्र गम्बाले छोराको विवाहकै दिन बेहुली फरार भएपछि परिवार स्तब्ध भएको बताए । सोही दिन गम्बा परिवारमा अर्को विवाह समारोहसमेत भइरहेको थियो, जसले गर्दा कोही पनि बेहुलीको व्यवहारप्रति शंका गर्न भ्याएनन् ।
बेहुलीको रहस्यमयी तरिकाले हराएको घटनापछि गम्बा परिवारले इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएको छ । प्रहरीले बेहुलीको खोजी कार्य तीव्र पारेको जनाएको छ । बेहुली अचानक हराउनुको कारणबारे परिवार र स्थानीयवासीबीच विभिन्न अड्कल काटिएका छन् ।