

खाँदबारी–किमाथाङ्का सडकमा भिषण सुख्खा पहिरो, ३० मिटर सडक पुरियो

संखुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ ।
पहिरोले करिब ३० मिटर सडक पुरिएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ्गछेदर भोटेले जानकारी दिए ।
उनका अनुसार आज बिहान भोटखोलाको हटिया र हुङगुङ्गबीचको धिग डाँडाखण्डमा पहिरो झरेको हो । पहिरोपछि सडकमा ठुला ठुला ढुंगा थुप्रिएका छन् ।
पहिरो खसेपछि भोटखोला खाँदबारी आउने तथा खाँदबारीबाट गएका सवारीसाधन पनि बाटोमै थन्किएका छन् ।