लहान मेयर चौधरीले गरे कांग्रेस सभापति देउवालगायत नेताहरुसँग भेटघाट

लहान । लहान नगरपालिकाका मेयर एवं नेपाली कांग्रेस सिरहा क्षेत्र नं। १ का सभापति महेश चौधरीले कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवालगायतका नेताहरुसँग भेटघाट गरेका छन् ।

लहानको विकासका लागि दत्तचित्त भएर लागि रहने मेयर चौधरी संघीय सरकारसँग विभिन्न योजनाका लागि माग गर्नका लागि संघीय राजधानी काठमाडौं पुगेका चौधरीले लहानलगायत कांग्रेस सिरहामा देखिएका विवाद, पार्टी विरुद्ध भईरहेको गतिविधि र अब केन्द्रीय नेतृत्वले सम्बोधन गर्नुपर्ने कुराबारे केन्द्रीय नेतृत्वलाई जानकारी गराएका छन् ।

टोलीमा महासमिति सदस्य तथा नेपाल टेड्र युनियन कांग्रेस सभापति संजीव उपाध्याय, नेपाल मुस्लिम संघका केन्द्रीय कोषाध्यक्ष तथा वडा अध्यक्ष अब्दुल करिम, महाधिवेशन प्रतिनिधि अरुण केसी, लहान नगर सभापति संजय यादव, वडा अध्यक्ष मनोज कोईराला, रमेश गौतम, वडा सदस्य रमेश यादव रहेका छन् ।

उनीहरुले कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य राजीव ढुंगाना, पूर्व महामन्त्री शंशाक कोईराला, कांग्रेस नेतृ ईश्वरी न्यौपानेलगायतलाई भेटघाट गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *