प्रहरीका १३ असई भए सई बढुवाका लागि सिफारिस (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी सहायक निरीक्षक (असई)लाई नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस गरिएको छ ।

आइतबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, प्यारामेडिक्सतर्फका २३ जना असईलाई सईमा बढुवा सिफारिस गरेको हो ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बढुवा सिफारिस हुनेमा जयन्ती खड्का, हरिहर थापा, बिरेन्द्र बहादुर बिष्ट र सुरेश राज श्रेष्ठ रहेका छन् ।