हत्याको आरोपमा एक पक्राउ

झापा – श्रीमती हत्या गरेको आरोपमा भद्रपुर नगरपालिका-७ का साहिबा उराउ पक्राउ परेका छन्। बुधकरण टी स्टेटको १० नम्बर क्वाटरमा बस्दै आएका करिब ६० वर्षीय उराउले ५७ वर्षीया फुलसिताको हत्या गरेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार सोमबार दिउँसो ३ बजे उराउ दम्पतीले मदिरा सेवा गरी झगडा गरेका थिए। सोही क्रममा साहिबाले फुलासिताको टाउकोमा ढुङ्गा प्रहार गरेका थिए।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उपचार गराई क्वाटरमा ल्याएपछि उनको मंगलबार बिहान २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीयले फुलासिताको मृत्युपछि वडा प्रहरी कार्यालय भद्रपुरलाई बिहान ८ बजे जानकारी गराएका थिए। वडाका प्रहरी निरीक्षक डम्बर पुरीको नेतृत्वमा घटनास्थलमा पुगेको टोलीले साहिबालाई नियन्त्रणामा लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *