भारतसँगको सीमामा रहेको चीनिया हेलिप्याड नष्ट

बेइजिङ – चीनले पूर्वी लद्दाखस्थित भारतसँगको सीमा (एलएसी) मा तयार गरेको हेलीप्याड नष्ट गरेको छ।

वास्तविक नियन्त्रण रेखानजिकै फिंगर फाइफमा बनाएको संरचना चीनले भत्काएको बीबीसी हिन्दीले लेखेको छ।

टाइम्स अफ इन्डियामा छापिएको समाचारअनुसार गत वर्ष भारत र चीनबीच तनाव बढेका बेला चीनले पेङ्गोङ्ग झरनाको उत्तरी किनारमा हेलीप्याड र अन्य संरचना बनाएको थियो। साथै, यो क्षेत्रमा अस्थायी किल्ला पनि तयार गरेको थियो।

भारतसँग विवाद साम्य पार्ने सहमति भएपछि चीनले यी संरचना नष्ट गर्न थालेको उल्लेख गरिएको छ।

गत फेब्रुअरी १० मा भारत र चीनबीच सीमामा सैनिक उपस्थिति घटाउन प्रकृया शुरू गर्ने सहमति भएको छ। अब दुवै देशका सैनिक पुरानै स्थानमा फर्कनेछन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *