

काेभिडबाट २४ घण्टामा ७६ जनाकाे मृत्यु, ९ हजार १३९ संक्रमित

नयाँदिल्ली – भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५५ हजार ८४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५५ हजार भन्दा माथि पुगेको हो ।
यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख २५ हजार ३११ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ६ लाख ३० हजार ८९२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३८ हजार ५७९ छ । एजेन्सी