

२४ घण्टामा ९५४ को मृत्युसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४ लाख ९८ हजार

वासिङ्टन – अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५४ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९८ हजार २०३ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५२ हजार ७८५ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ८३ लाख ५६ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ९४ लाख ६२ हजार ८७५ जनामध्ये १८ हजार ९२८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । एजेन्सी