नेपाली कथानक चलचित्र ‘द रेड जोन’ निर्माण हुँदै



काठमाडौं । नेपाली कथानक चलचित्र ‘द रेड जोन’ निर्माण हुन भएको छ । काठमाडौँमा रहेको राष्ट्रिय आविस्कार केन्द्रमा एक कार्यक्रमको आयोजना गरी चलचित्रको नाम घोषणा गरिएको हो ।

घोषण कार्यक्रममा राष्ट्रिय आविस्कार केन्द्रका सस्थापक महाविर पुन र चलचित्रका निर्माता खगेन्द्र सुवेदी, के एस काफले लगायतको उपस्थित रहेको थियो । सो कार्यक्रमलाई सम्बोधन गदैे चलचित्रका प्रस्तुतकर्ता  रमेश बन गोसाईले चलचित्रले समाजमा सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागी प्रेरणादायि सन्देश लिएर आउने र सिने  जगतमा राम्रो नाम लिएर आएको र समाज परिवर्तन गर्नका लागि सो चलचित्रले विशेष महत्व राख्नेमा आफनो टिम विस्वस्त भएको बताउनुभयो  ।

चलचित्रमा किशोर खतिवडा , दिपक थापा , कमला नेपाली , हेमराज धर्ति , सिर्जना कार्की , नेत्र विष्ट , सुमन गौतम , खगेन्द्र सुवेदी , धर्मराज भण्डारी , बर्षा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहने भएको छ  । चलिचत्रबाट उठेको पैसाबाट आविस्कार केन्द्रलाई १० प्रतिशतले नाफा विभाजन गरिने भएको छ  ।

रामजी लामिछाने , राजन मर्हजन र नवराज सुवेदीको नृत्य निर्देशन , देव महर्जनको द्धन्द्ध , सुजन विश्वकर्माको छायाँकन ,रहने भएको छ  ।

चलचित्रमा सुजन गौत्तमको कथा , यज्ञजंग विश्वकर्मा ( आयुष )को पटकथा तथा निर्देशक, नेत्र विष्टको प्रेडक्सन , शंकर अधिकारी घायल र सुन्दर पन्तको गीत र ज्ञानेन्द्र गिरीको संगीतमा चलचित्रको गीत निमार्ण हुने भएको छ  ।

चलचित्र फोलरमा माघ २१ गतेबाट जाने चलचित्रको निमार्ण पक्षले बताएको छ  । चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गर्ने समेत सो अवसरमा जानकारी गराइएको थियो  ।