इन्स्पेक्टर पाैडेल बने अपराध अनुसन्धानका सर्वोत्कृष्ट प्रहरी

काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन पौडेल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको मंसिर महिनाका सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

अपराध अनुसन्धान तथा नियन्त्रणमा उनले खेलेको भुमिकाको कदर गर्दै गत मङ्सिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

उपत्यकामा हुने अपराधका घटनाहरुको अनुसन्धान तथा नियन्त्रणमा सफल भूमिका निर्वाह गरेको भन्दै इन्स्पेक्टर पौडेललाई गत मंसिर महिनाका लागि सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरिएको हो ।

कार्यालयले प्रहरी कर्मचारीको हाैसला र उत्साह बढाउनका लागि पुरस्कृत गर्ने गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *