लहानमा विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिता



लहान । सिरहाको लहानमा खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता आज बाट शुरु भएको छ।

लहान क्रिकेट क्लवको आयोजनामा २१ औ विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता लहान स्थित जे एस मुरारका बहुमुखी क्याम्पस लहानको छेउमा अवस्थित मैदानमा आजबाट प्रतियोगिताको आयोजना गरिएको हो।

प्रतियोगिताको उद्घाटन नगरप्रमुख महेश प्रसाद चौधरीले गरेका थिए ।

प्रतियोगितामा लहान क्षेत्र भित्रका २४ वटा स्कुलका टिमले सहभागिता जनाएको आयोजकले जनाएका छन्।