लहान मेयर चौधरीको पहल, जग्गाको स्वामित्व विवाद समाधानका लागि समिति गठन



सिराहा । जिल्लाको लहान नगरपालिकाका मेयर महेश चौधरीले नगरभित्रको जग्गाको स्वामित्व विवाद समाधानका लागि पहल गरेका छन् ।

मेयर चौधरीले लहान नगरपालिका–१५ मा देखिएको जग्गा स्वामित्व विवाद समाधान गर्न मेयर महेश चौधरीले सर्वदलीय बैठक बोलाई वार्ता समिति गठन गरेका हुन् ।

नेकपा माओवादीका नेता विजयकुमार गुप्ताको नेतृत्वमा गठन भएको समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, आन्दोलित पक्षका प्रतिनिधि र दलित अगुवाहरु सदस्यका रुपमा रहेका छन् ।

वार्ता समितिले आन्दोलित पक्ष र जग्गा स्वामित्व दाबी गर्ने व्यक्तिलाई तत्कालै वार्ताको लागि पत्राचार गरेका छन् ।