

जागिर खोज्दै हुनुहुन्छ ? खुल्यो गण्डकी प्रदेशका लागि मागियो ६ सय भन्दा बढीको आवेदन (सूचनासहित)

पोखरा । प्रदेश लोक सेवा आयोग गण्डकीले ६ सय भन्दा बढी पदका लागि दरखास्त आह्वान गरेको छ ।
गण्डकी प्रदेश सरकारको प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायक चौथो तहका विभिन्न प्राविधिक तथा अप्राविधिक पदका लागि आन्तरिक, खुला तथा समावेशी प्रतियोगिताका लागि दरखास्त आह्वान गरिएको छ ।
कार्यालयका अनुसार विभिन्न पदका लागि ६२३ जनाको दरखास्त आह्वान गरिएको हो । दरखास्त यही पुस ३ गतेसम्म दिन सकिने पनि सूचनामा जनाइएको छ ।
सूचनाः