दुर्गा ठाडाको अध्यक्षतामा बौंदीकाली सांस्कृतिक संरक्षण तथा प्रवर्द्धन मञ्च गठन



नवलपुर । नवलपुर जिल्लाको पहाडी भेग बौदीकाली गाउँपालिकामा बौंदीकाली गाउँपालिका सांस्कृतिक संरक्षण तथा प्रवर्द्धन मञ्च गठन गरिएको छ ।

दुर्गाबहादुर ठाडामगरको नेतृत्वमा गाउँपालिकाका ६ वटै वडालाई समेटेर बौंदीकाली क्षेत्रभित्र रहेका संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको जनाइएको छ ।

विशेष गरी पालिकाभित्र भित्र रहेका र लोप हुन लागेका संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले कला सांस्कृतिक संरक्षण बिकास समिति गठन गरिएको समितिका अध्यक्ष ठाडाले जनाए ।

बौदीकाली गाउँपालिकाको डेढगाउँमा आयोजित एक विशेष समारोहको अध्यक्षता बौंदीकाली वडा नं. २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठले गरेका थिए भने कार्यक्रममा वडा नं. ३ रकुवाका वडाध्यक्ष तेजबहादुर थापा विशिष्ट अतिथिको रुपमा रहेका थिए ।

उक्त अवसरमा बौंदीकाली क्षेत्रका कला, संस्कृतिलाई माया एवं संरक्षण र सम्बर्द्धनका लागि चासो लाग्ने व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

नवगठित समितिको उपाध्यक्षमा ईश्वर श्रेष्ठ, सचिवमा राजु श्रेष्ठ, कोषाध्यक्ष ज्योति माया दरै रहेका छन् । त्यस्तै सदस्यहरु दिया लुङ्गेली, देबिका विक, दुर्गा बहादुर गुरुङ र युकेस रुचाल रहेका छन् ।