बर्दियामा आगलागीमा परि चार जनाको मृत्यु



गुुलरिया । बर्दियाको गुलरियामा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ। नगरपालिका–४ स्थित तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी तुलसीराम अर्यालका अनुसार ३५ वर्षीय राधा बुढा, १० वर्षीया मानुषी बुढा, आठ वर्षीय कृष चन्द र दुई वर्षीय कार्तिक चन्दको मृत्यु भएको हो। यस्तै २८ वर्षीया करिश्मा चन्द घाइते भएकी छन्।

आगलागीको कारणबारे खुल्न बाँकी रहेको अर्यालले बताए।