प्रहरीका ५ एसपी भए एसएसपी, रिक्त ७ एसपीका लागि १२ डिएसपी प्रतिस्पर्धामा



काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच एसपीको एसएसपीमा बढुवा गरेको छ । कात्तिक २४ मा बढुवा सिफारिस भएकोमा त्यसउपर उजुरी नपरेपछि सोमबार गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो ।

बढुवा हुनेहरूमा वसन्त रजौरे, रवि कुमार पौडेल, नबिनराज राई, बीरबहादुर ओली र चन्द्रवीर राई छन् । उनीहरुको पदस्थापनको निर्णय भने भइनसकेको गृह मन्त्रालय स्रोत बताउँछन् ।

एसएसपीमा बढुवासँगै नेपाल प्रहरीमा अब एसपीका ७ पद रिक्त भएका छन् । जसमा १२ डिएसपीबीच चर्को प्रतिस्पर्धा छ ।

डिएसपीहरू प्रदीप क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलीया, नारायण रंजितकार, निरञ्जनदत्त भट्ट, राजन लिम्बु, सन्तोष तामाङ, अनन्त शर्मा, एकनारायण कोइराला र विनोद घिमिरे बढुवाका दाबेदार हुन् । बढुवामा टक्कर रहेकाले थप केही पदहरू रिक्त भएपछि मात्र सिफारिस हुने सम्भावना छ।