प्रहरी हवल्दार राई झुण्डिएको अवस्थामा मृत भेटिए

झापा – नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार सप्तराज राई मृत फेला परेका छन्।

झापाको हल्दिबारी गाउँपालिका–५ स्थित त्रिवेणी टोल निवासी ४२ वर्षीय प्रहरी हवल्दार राई आफ्नै घरमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

इलाका प्रहरी कार्यालय डोरिया मोरङ दरबन्दी भई हाल अस्थायी प्रहरी चौकी डाम्राभिट्टामा कार्यरत राई बिदा लिएर सोमबार साँझ घर फर्किएका थिए।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *