मापदण्डविपरितको संरचना हटाउँदै लहान नगरपालिका, सडक डिभिजनकै पर्खालमा लाग्यो डोजर



लहान । लहान नगरपालिकाकाले मापदण्डविपरितका संरचना हटाउन सुरु गरेको छ ।

लहानको विकासका लागि दिनरात खटिँदै आएका मेयर महेश चौधरीले लहान नगरभित्र मापदण्डविपरितका संरचना हटाउने अभियान सुरु गरिएको जनाएका छन् ।

यसै क्रममा नगरपालिकाले मंगलबार मापदण्ड विपरीत निर्माण गरिएको सडक डिभिजन कार्यालयको पर्खाल भत्काउन सुरु गरेको छ ।