चापाकोटका पूर्वमेयर गिरीको दुर्घटनामा मृत्यु

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा परी निधन भएको छ ।

शुक्रबार राति पुतलीबजार नगरपालिका १० बजारस्थित सिद्धार्थ राजमार्गमा राङ्खोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा १५ च १७०१ नम्बरको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा स्कारपियोमा सवार चापाकोट नगरपालिका पूर्वमेयर ६० वर्षीय शिवकुमार गिरीको निधन भएको हो ।

चापाकोट नगरपालिका ४ दार्सिङ बस्ने पूर्वमेयर गिरी सवारी दुर्घटनामा परी गम्भीर घाइते अवस्थामा उपचारको लागि जिल्ला अस्पताल स्याङ्जा पठाएकोमा उपचारको क्रममा राति ११ः४० बजे निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकारी रविन्द्र खनालले जनाए ।

प्रहरीले सवारी चालक पुतलीबजार नगरपालिका ९ कोल्मा बस्ने ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *