३ सञ्चारकर्मीलाई ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान’



काठमाडौं ।  ‘बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता सम्मान २०८०’ बाट तीन सञ्‍चारकर्मीहरु सम्मानित भएका छन् ।

राजधानीमा सम्पन्न सम्मान कार्यक्रममा ‘प्रभाव दैनिक’का प्रबन्ध निर्देशक कृष्ण कार्की, राष्ट्रवाणी साप्ताहिकका सम्पादक ताराचन्द्र देवकोटा, क्रसचेक आर्थिक मासिक पत्रिकाका सम्पादक र ठोक्सिला साप्ताहिकका प्रकाशक टंक कार्की  सम्मानित भएका हुन् ।

हरेक वर्ष आयाेजना हुँदै आएको नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । बक्स अफिस टेलिफिल्म अवार्डमा कुल ४३ टेलिफिल्महरुले सहभागीता जनाएको थिए भन्‍ने ८० वटा वैव सिरिजले यो अवार्डमा सहभागीता रहेको थियो।

साे कार्यक्रममा गोकर्णस्वरी नगरपालिकाको नगर प्रमुख दिपक रिसालको प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अथिती नेपाल राष्ट्र बैंकको नोट डिजानर तथा गितकार सुन्दर श्रेष्ठ, वरिष्ठकलाकार कृष्ण सिवाकोटी, आर के मानन्धर, निर्माता सुनिल ढकाल लागयत थुप्रै वरिष्ठ कलाकर्मीको बाक्लो उपस्थिति रहेको थियो।

स्थानीय पुराना निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठको सभापतिमा सम्पन्न भएको टेलिफिल्म अवार्डमा प्रसिद्ध कलाकारहरुले मौलिक सांस्कृतिक कार्यक्रम प्रदशन गरेकाे थिए । प्रसिद्ध कलाकार तथा निर्देशक सुवास गजुरेलको प्रमुख जुरि अध्यक्षतामा शनिबार राती अबेरसम्म साे कार्यक्रम  चलेको थियाे ।

नेसनल बक्स अफिस टिलिफिल्म अवार्ड २०८० संस्करणको बिजेताहरु यसप्रकार रहेका छ्न् :

वैवसिरिज अवार्ड २०८० को बिजेताहरु

सर्वोउत्कृष्ट शृगार- विस्वराम के.सि ( उल्टो सुल्टो)

सर्वोउत्कृष्ट कथा- आशा खडका (भुन्टी)

सर्वोउत्कृष्ट पटकथा ,संवाद – शिव शर्मा ( टुहुरी )

सर्वोउत्कृष्ट छंयाकार- पवन भुजेज (बुहारी)

सर्वोउत्कृष्ट सम्पादक- रविन भट्ट (उल्टो सुल्टो)

सर्वोउत्कृष्ट चरित्र अभिनेता -देशभक्त खनाल (बुहारी)

सर्वोउत्कृष्ट नव निर्देशक- स्वानिका बास्तोला (त्याग)

सर्वोउत्कृष्ट चरित्र अभिनेत्री- रिता शिवाकोटी ( भुन्टी )

सर्वोउत्कृष्ट अभिनेता – सागर गौतम (कान्छी )

सर्वोउत्कृष्ट अभिनेत्री – आशा खडका (भुन्टी)

सर्वोउत्कृष्ट निर्देशक- रामचन्द्र बोहरा (बुहारी)

सर्वोउत्कृष्ट उत्कृष्ट वैव सिरिज ( कान्छी)

नेसनल बक्स अफिस टेलिफिल्म अवार्ड २०८० को सर्वोउत्कृष्ट टेलिफिल्म तर्फबाट अवार्ड बिजेताहरु

शृगार- निर्मला आचार्य ( जुठे)

कथा- किशोर अनुराग ( खहरेघाट)

पठकथा /संवाद – राजु पौडेल/ मरिचमान श्रेष्ठ (जुठे)

छांयाकार- राहुल राई (मैरिबासै) सम्पादन-रविन भट्ट ( जुठे)

चरित्र अभिनेत्री -बिध्या कार्की ( जुठे)

चरीत्र अभिनेता -सुशील पोख्रेल (ग्राहो छ है)

नव निर्देशक- दिवाकर भन्डारी (मेरिबासै)

नव अभिनेत्री- इछा सिंह (खहरेघाट)

अभिनेत्री -युनिसा ढुङ्गाना (जुठे)

अभिनेता -मरिचमान श्रेष्ठ ( बल्छी ) (जुठे)

निर्देशक -राजु पौडेल / मरिचमान श्रेष्ठ (जुठे)

उत्कृष्ट टेलिफिल्म (जुठे )

बक्स अफिस एकदशक टेलिफिल्म अवार्ड २०८०

ऋषि लामिछाने

बक्स अफिस रजत जयन्ती संमान २०८०

सन्तोष पन्त – वरिष्ठ निर्देशक कलाकार ( नेपाल टेलिभिजन )

बिजय उदय पाल्पाली – वरिष्ठछांयाकार ( नेपाल टेलिभिजन )

किरण प्रभा तुलाधर – वरिष्ठ सम्पादक (नेपाल टेलिभिजन )

बक्स अफिस टेलिफिल्म विशेष संमान २०८०

लक्ष्मी गिरि -वरिष्ठकलाकार

किरन केसि – वरिष्ठ कलाकार

आरपी पन्त – वरिष्ठ कलाकार

संकर आचार्य – वरिष्ठ कलाकार

सकृय टेलिफिल्म संमान २०८०

प्रज्ञा जोशी – (माया)

बेगम नेपाली – (ग्राहो छ हो)

जनकराम न्यौपाने (उपद्रो)

सुरज कंडेल – (अति भो )

बक्स अफिस टेलिफिल्म अवार्ड पत्रकारिता संमान २०८०

तारचन्द्र देवकोटा -सम्पादक (राष्ट्रवाणी साप्ताहिक )

कृष्ण बाहादुर कार्की -प्रबन्धक निर्देशक  (प्रभाव राष्ट्रिय दैनिक)

टंक कार्की -सम्पादक/ प्रकाशक (क्रसचेक आर्थिक मासिक, ठोक्सिला साप्ताहिक )

ग्लोबल एक्ट्रेस फ्रेडेसन ( विश्व कलाकार महासंघको आजिवन सदस्य संमान २०८०

सारादा गिरि ( वरिष्ठ कलाकार )

बिपना बस्नेत ( वरिष्ठ हेयर ड्रेसर तथा कलाकार )

बिनोद श्रेष्ठ (अभिनेता मोडल )

घनस्याम गौतम (नक्कली प्रचण्ड हास्य कलाकार )

सपना कंडेल (ब्युटिसियन नव कलाकार )

बिर्ख कामी ( गायक )

कार्यक्रममा सञ्चार उद्यमी आर के मानन्धर, गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल राष्ट्र बैंकको नोट डिजाइनर तथा गीतकार सुन्दर श्रेष्ठ, वरिष्ठ कलाकार कृष्ण शिवाकोटी, निर्माता सुनिल ढकाल लगायत वरिष्ठ कलाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।