एयरपोर्ट अगाडी लागूऔषध कारोबारीमाथि गोली चल्यो



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोली चलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागू औषध कारोबारीमाथि गोली प्रहार गरेको हो । एयरपोर्ट अगाडि शम्भुमार्गमा लागूऔषध कारोबार गरिरहेको आशंकामा प्रहरीले पक्राउ गर्न खोज्दा ती व्यक्तिले प्रहरीमाथि नै आक्रमण गरेपछि प्रहरीले गोली चलाएको हो ।

ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो ।

प्रहरीको फायरिङमा एक लागूऔषध कारोबारीलाई घुँडामुनि गोली लागेको छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिसकिएको छ । निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए ।

ती कारोबारीको साथबाट १०० ग्राम अवैध लागूऔषध ब्राउनसुगर बरामद भएको पनि प्रहरीले जनाएको छ ।