

केसीको नेतृत्वमा डिएलएको नयाँ कार्यसमिति निर्वाचित

चितवन । नेपाली कांग्रेस आबद्ध कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डीएलए) को नयाँ नेतृत्व चयन भएको छ ।
चितवनमा सम्पन्न ११ औं अधिवेशनले सीताराम केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका छन् । आइतबार बिहान सम्पन्न मतगणनाअनुसार केसी विजयी भएका हुन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल, कविता थापा कार्की (महिला), कविता बस्नेत (कोशी), रामानन्द साह (मधेश), जनकराज श्रेष्ठ (बागमती, भूमिश्वर शर्मा गौतम (गण्डकी), विष्णुप्रसाद धिताल (लुम्बिनी), पदमबहादुर शाही (कर्णाली) र गंगाराम उपाध्याय (सुदूरपश्चिम) निर्वाचित भएका छन् ।
त्यस्तै महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । भने सचिवमा शिवप्रसाद रेग्मी र महिला सचिवमा धनमाया राना निर्वाचित भएकी छिन् ।
त्यस्तै कोषाध्यक्षमा हरिबहादुर बस्नेत निर्वाचित हुँदा सदस्यहरुमा प्रविण महर्जन (जनजाती), राजेन्द्र प्रज्ववती (जनजाती), अमितकुमार कर्ण (मधेश), आफताब आलम (मुस्लिम), गोविन्दराम परियार (दलित), अमलराज शाही (दुर्गम क्षेत्र), विष्णु खनाल (अपंगता र अल्पसंख्यक), विनोद अधिकारी (कोशी), हरिप्रसाद रेग्मी (गण्डकी), हरिप्रसाद पन्त (लुम्बिनी), विष्णुकुमारी शर्मा (कर्णाली), भरतबहादुर सिंह (सुदूरपश्चिम) निर्वाचित भएका छन् ।
त्यस्तै महिला सदस्यमा सीता रेग्मी योञ्जन, मन्दिरा अधिकारी, बसुन्धरा थापा र मनमाया पाठक निर्वाचित भएका छन् ।
त्यस्तै खुल्ला केन्द्रीय सदस्यमा सुनिल पाण्डे, दिपेन्द्र अधिकारी, दामोदर तिम्सिना (चिरन), प्रदीप कार्की, किरण पौडेल र चक्रबहादुर थापा (अमित थापा) निर्वाचित भएको निर्वाचत समिति संयोजक होमराज नेपालले जनाए ।