नगरपालिकाको ५० लाख बजेटमा लहान–१७ मा सडक ढलान कार्य सुरु



लहान । लहान नगरपालिकाको वडा नं. १७ स्थित हरिपुर र गोविन्दपुरमा सडक ढलान कार्य सुरु भएको छ ।

लहान नगरपालिकाका मेयर महेश चौधरीले ती दुई स्थानमा सुरु भएको ढलानको सुरुवात गर्दै निर्माणका क्रममा ढकालको गुणस्तरीयतामा कुनै पनि सम्झौता नगर्न अनुरोध गरेका छन् ।

उक्त अवसरमा मेयर चौधरीले ढलान कार्यको शिलान्यास समेत गरे ।

ढलानका लागि नगरपालिकाले ५० लाख रुपैयाँ उपलब्ध गराएको बताउँदै मेयर चौधरीले ढलानपछि यस क्षेत्रका स्थानीयबासीले ठूलो सुविधा पाउने जनाउँदै आगामी वर्षको बजेटमा पनि बाँकी क्षेत्रहरुमा पनि सडक निर्माण र स्तारोन्नती गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।