बौंदीकालीलाई पालिकास्तरीय भलिबलको उपाधि



दुलेगौँडा । शुक्लागण्डकी महोत्सव–२०७९ मा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि बौदिकाली गाउँपालिका नवलपुरले जितेको छ ।

सोमबार भएको फाईनल खेलमा बौदिकालीले वालिङ नगरपालिका स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।

पहिलो सेट २५–२२ ले जितेको वालिङले त्यसपछिका तीन सेट लगातार गुमाएको थियो । आशिष श्रेष्ठसहितको बौदिकाली टिमले वालिङमाथि २५–१७, २५–१६ र २५–१७ पराजित गर्दै १ लाख ५० हजार रुपैयाँ बराबरको पुरस्कार हात पार्यो ।

May be an image of 11 people, people standing and outdoors

बौंदीकालीसँग पराजित भई उपविजेता बनेको वालिङले नगद १ लाख रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा गल्कोट नगरपालिका तेस्रो भएको छ भने आयोजक शुक्लागण्डकी नगरपालिका चौथो भएको छ । गल्कोटले ३–० को सोझो सेटमा पराजित गर्दै गल्कोटले तेस्रो स्थान हाँसिल गरेको हो ।

गल्कोटले नगद २५ हजार र चौथो भएको शुक्लागण्डकीले नगद १५ हजार साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विभिन्न १२ पालिकाको सहभागीता थियो ।