सेना दिवसमा पहिलो भएको ‘सेनाको चेली’ किम्फमा



काठमाडौं । आउँदो डिसेम्बर ८ देखि १२ सम्म राजधानी काठमाडौँमा सम्पन्न हुने २०औँ काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा लघु चलचित्र ‘सेनाको चेली’ छनौट भएको छ । इगिहोपो कोँइच सुनुवारद्वारा निर्मित ‘सेनाको चेली’ नामक लघु चलचित्र किम्फको छनौटमा परेको हो ।

‘सेनाको चेली’ नेपालमा भएको १० वर्षे लामो संघर्षमा नेपाली समाजलाई पारेको प्रभावका विषयमा दिदीभाईको भूमिका जोडेर रङ्गकर्मी कलाकार इगिहोपो कोँइच सुनुवारको निर्देशनमा तयार गरिएको २० मिनेट लामो लघु चलचित्र हो । ‘सेनाको चेली’ले नेपाली सेना दिवसको अवसरमा भएको प्रतिस्पर्धामा पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो ।

किम्फले यस पटक महोत्सवमा विश्वभरका संस्कृति, समाज, जनजीवन वातावरण, खेलकुद र साहसिक कार्यका बारेमा बनाइएका फिल्महरू प्रदर्शन गर्ने जनाएको छ । किम्फले यसपटक ‘नेपाल पानोरमा’मा नेपाली चलचित्र निर्माताहरुले निर्माण गरेका चलचित्रहरु नेपाली कलाकारहरुको छुट्टै प्रदर्शनीमा सहभागी हुने गरी १९ वटा नेपाली लघुचलचित्रहरू छनौट गरेको छ ।