

दुई गोरखाली नेतासहित उम्मेदवारी दिन गोरखा जाँदै प्रचण्ड

गोरखा । आगामी मंसिर ४ गतेको प्रतिनिधिसभाको निर्वाचनका लागि गोरखाबाट उम्मेदवारी दिनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा गएका छन् ।
उम्मेदवारी दर्ताका लागि दुई गोरखाली नेताहरु डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठका साथ प्रचण्ड गोरखा गएको कुरा प्रचण्डकी छोरी गंगा दाहालले जनाएकी छिन् ।
दाहालले गठबन्धनका तर्फबाट गृहजिल्ला चितवन छाडेर गोरखा-२ बाट उम्मेदवारी दिन लागेका हुन् ।