राधीको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । राधी विद्युत कम्पनीको हकप्रद सेयरमा आवेदनका लागि आज मंगलबार अन्तिम दिन रहेकाे छ।

लगानीकर्ताले  कार्यालय समयभित्रमा यसमा आवेदन दिनुपर्नेछ । कम्पनीले असोज ५ गतेदेखि १ः१.४७५२ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । यसले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, भदौ १० गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गरेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।