

नेपालमा एकैदिन ५३६४ कोरोनामुक्त, संक्रमणमुक्त हुने १ लाख ९१ हजार नाघे

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १९४५ जना संक्रमित भएका छन् भने ५३६४ जना कोरोना मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको जनाइएको छ ।
पछिल्ला दिनमा नेपालमा संक्रमणमुक्त हुनेको दर बढ्दो क्रममा रहेकाे नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो क्रममा देखिएको छ । यसअघि बिहीबार १७ जनाको मृत्यु भएकोमा शुक्रबार कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या २२ रहेको छ ।
यससँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेका छन् ।
यस्तै बितेको २४ घण्टामा ५३६४ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप २२ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ९८ पुगेको छ ।