डीआईजीदेखि जवानसम्मका यी ६५ हुँदैछन् राष्ट्रपतिबाट विभूषित



काठमाडाैं । संविधान दिवस, २०७९ का अवसरमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उच्च अधिकृत र जवानसहित ६५ जना विभूषित भएका छन्।

सरकारले नेपाल प्रहरीका डीआईजीदेखि जवानसम्म गरी ६५ जनालाई मानपदवी, अलंकार र पदक प्रदान गर्ने घोषणा गरेको हो । जसनअुसार प्राविधिक डीआईजी डा. सुन्दरप्रसाद ह्योजुसहित १० जनाले सुप्रबल जनसेवाश्री पाउने भएका छन्।

सुप्रबल जनसेवाश्री पाउनेमा प्रहरी वरिष्ठ उपरीक्षकहरू चक्रबहादुर सिंह, भरतबहादुर बोहरा, मधुसुदन लुइँटेल, कृष्णहरि शर्मा, अर्जुनचन्द ठकुरी, सुरेन्द्रप्रसाद मैनाली रहेका छन् । यस्तै प्राविधिक वरिष्ठ उपरीक्षकहरू डा.देउती गुरुङ, राकेशकुमार सिंह र छायाँदेवी गुरुङले पनि सुप्रबल जनसेवाश्री पाउनेछन्।

प्रबल जनसेवाश्री १३ जना प्रहरीलाई प्रदान गरिने भएको छ। प्रबल जनसेवाश्री पाउनेमा एसपीहरू विश्व अधिकारी, सन्तोष खड्का, दीप शमशेर जबरा, रञ्जु सिग्देल र योगबहादुर पाल, डीएसपीहरू मकेन्द्रकुमार मिश्र, होमबहादुर पराजुली, तर्कराज पाण्डेय, फणिन्द्र प्रसाइँ, रञ्जनकुमार दाहाल, इन्स्पेक्टरहरू मणिराम थापा, बबीन्द्र नेम्बाङ र शालिकराम तिमिल्सिना रहेका छन्।

राष्ट्रदीप १५ जनालाई प्रदान गरिने भएको छ। डीआईजी उमेश जोशी, डीएसपीहरू वेदप्रकाश जोशी, कृष्णकुमार चन्द, वसन्तकुमार शर्मा, मनोजित कुँवर र गोविन्द थापा, इन्सपेक्टरहरू शेखरजंग मल्ल, कमल बेल्बासे, दीपेन्द्रकुमार खत्री, वीरेन्द्रसिंह जोहारी, तिलकबहादुर सुनार, गजेन्द्र रावल, देवेन्द्रबहादुर शाह र केशव गौतम, सहायक हवल्दार प्रकाश कठायतले राष्ट्रदीप पाउनेछन् ।

नेपाल प्रताप भूषण २१ जनाले पाउँदैछन् । वरिष्ठ प्रहरी नायब निरीक्षकहरू उपेन्द्रबहादुर बुढाथोकी, जनककुमार गिरी, डम्बरबहादुर चन्द, प्रकाशप्रसाद थानी र दिवानी चन्द, प्रहरी नायब निरीक्षकहरू कमल परियार, किशोर थापा, सागर थापा, प्रदेशीराम चौधरी र रमेशकुमार खड्का, प्रहरी उपरीक्षकहरू श्यामकुमार महतो, अनुपमशमशेर जबरा, नवराज अधिकारी, सुरेशप्रसाद काफ्ले, भुवनेश्वर तिवारी, कमल थापा र वेद विष्ट, असईहरू सचेन्द्रप्रसाद यादव, झुपलाल खड्का र चेतनाथ गिरीले सो पदक पाउनेछन्।

प्राविधिकतर्फका एसपी ज्ञानेन्द्रकुमार राईलाई पनि नेपाल प्रताप आभूषण दिइने भएको छ। नेपाल प्रताप भूषण पाउनेमा वरिष्ठ हवल्दार भेषबहादुर मगर, हवल्दारहरू सपना श्रेष्ठ, हस्तबहादुर साँवत र विनोद थापा पनि छन् ।

प्रहरी सहायक हवल्दार साजन लामालाई वीरता पदक र हवल्दार बुद्धिराज तामाङलाई सौर्य पदक प्रदान गरिने भएको छ ।