

कांग्रेस महामन्त्री विश्वप्रकाश पुगे बन्दसूची बुझाउन निर्वाचन आयोग

काठमाडौं । समानुपातिक तर्फको बन्द सूची बुझाउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ ।
शर्मासहित कांग्रेसका नेताहरु सवा बन्द सूची बुझाउन अपरान्ह चार बजे आयोग पुगेका हुन् । साढे चार बज्न लाग्दा पनि एमाले, माओवादी लगायतका दल भने बन्द सूची बुझाउन अझै आयोग पुगेका छैनन् ।
४ मंसिरमा हुने चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो ।