पोलियो उन्मूलनमा फेरि एकचोटी सजग र सचेत भए लागौं: गभर्नर राजभण्डारी
ललितपुर । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिस्ट्रिक्ट गभर्नर जितेन्द्र बहादुर राजभण्डारीले रोटरीको नेतृत्वमा विश्वबाटै करिब करिब समाप्त जस्तै भएको पोलियो फेरि कतिपय देशमा कताकति देखापरेको भन्दै पोलियो निर्मूल गर्ने सन्दर्भमा रोटरी क्लवहरुले फेरि एकचोटि योग्दान दिनुपर्ने आवश्यक्ता देखिएको बताएका छन् ।
रोटरी क्लव अफ पाटन साउथको २५ औं स्थापना दिवस तथा डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लव भिजिट कार्यक्रम उनले सो कुरा बताएका हुन । द रोटरी फाउण्डेशन १९१७ देखि शुरु भएर गरिब मुलुकमा विपन्न वर्गलाई सहयोग गर्दे आएको गर्भनर राजभण्डारीले बताए । उनले रोटरी इन्टरनेशनलले बिभिन्न राष्ट्रसँगको साझेदारीमा सन १९८० देखि संसारबाट पोलियो उन्मुलन गर्ने भनेर शुरु गरेको कार्यक्रम बारे उल्लेख गर्दै पोलियो अव आधिकारीक रुपमा दुई देश पाकिस्तान र अफगानस्तानमा मात्र बाँकी रहेको भनिएकोमा पछिल्लो समयमा अमेरिका र बेलायत जस्तो देशमा देखिनुले पोलियो उन्मुलनमा नयाँ चुनौति थपिएको महुशस रोटरीले गरेको उनले बताए ।
रोटरी इन्टरनेशनलको प्राथमिकता मध्येको एक संसारवाट पोलियो उन्मुलन भएको र वर्तमान रोटरी इन्टरनेशनलकी अध्यक्ष जेन्निफर जोन्सको प्राथमिकतामा पनि पोलियोरहित विश्वको परिकल्पना परेको गरेको स्मरण गराउँदै त्यसका लागि फेरि एकचोटि संसारभरका रोटरी क्लव तथा आम रोटरियनहरु सजग र सचेतताका साथ लागि पर्नु पर्ने समय आएको गभर्नर राजभण्डारीको भनाई थियो ।
रोटरी इन्टरनेशनलले सन २०२६ सम्ममा पोलियो संसारबाट निर्मूल गर्ने लक्ष्य लिएको सन्र्दभमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल भूटानले पनि यसलाई संवेदनशिल रुपमा लिएकोले सम्पूर्ण रोटरी क्लवहरुलाई पोलियो थोपा खुवाउने बिषय देखि पोलियोबारेको सचेतना र जागरणका काममा गम्भिरताका साथ लाग्न समेत डिस्ट्रिक्ट गभर्नर राजभण्डारीले आग्रह गरे । द रोटरी फाउण्डेशनमा गरिने योग्दानको कम्तिमा पनि १० प्रतिशत सहयोग पोलियो उन्मुलनको महाअभियानका लागि छुट्टयाउन क्लवहरुलाई उनले आग्रह गरे ।
यसैबिच रोटरी क्लव अफ पाटन साउथले आफ्नो २५ औं स्थापना दिवस तथा डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लव भिजिट कार्यक्रम शनिवार सम्पन्न गरेको छ । क्लब सन १९९७ सेप्टेम्बर ३ तारिखका दिन स्थापना भएको थियो । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानका डिस्ट्रिक्ट गर्भनर जितेन्द्र बहादुर राजभण्डारीको प्रमुख आतिथ्यमा क्लवले आफ्नो स्थापना दिवस तथा डिस्ट्रिक्ट गभर्नर अफिसियल क्लव भिजिट कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका अवसरमा पूर्व डिस्ट्रिक्ट गर्भनरहरु, डिस्ट्रिक्ट अफिसियल, विभिन्न क्लवका आमन्त्रित अतिथि, रोटरी क्लव अफ पाटन साउथका सदस्य, रोट्रयाक्टर, इन्ट्रयाक्टर तथा पारिवारिक सदस्यहरुको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा डिस्ट्रिक्ट गर्भनर जितेन्द्र बहादुर राजभण्डारीले रोटरी क्लव अफ पाटन साउथको कार्यसम्पादनका सन्दर्भमा कहि कतै गुनासो गर्नुपर्ने ठाउं नरहेको बताए । क्लवले प्रााप्त गरेका उपलब्धि अरु क्लबका लागि पनि अनुकरणीय रहेको उनको भनाई थियो । रोटरी इन्टरनेशनलले निर्धारण गरेको प्राथमिकताका सातै क्षेत्रमा क्लवले उत्कृष्ट काम गरेको आफुले पाएको गभर्नर राजभण्डारीको भनाई थियो ।
कार्यक्रममा पानी व्यवस्थापन विज्ञका रुपमा रहेका गोकुल दंगाललाई क्लव नयाँ सदस्यका रुपमा स्वागत गर्दै क्लवका ऐसिसटेन्ट गर्भनरका रुपमा रहेका कुमुद त्रिपाठीले इन्डक्सन गराए भने गर्भनर राजभण्डारीले उनलाई रोटरी पिन प्रदान गरेका थिए । कार्यक्रममा उपस्थित पूर्ब डिस्ट्रिक्ट गभर्नर,क्लवका संस्थापक सदस्य, कमिटि डाईरेक्टर, डिस्ट्रिक्ट अफिसियलहरुलाई मायाको चिनो स्वरुप ग्रीन भ्याली ग्रीन नेपालले सौजन्य गरेको बिरुवा र क्लबको नाम अंकित कप प्रदान गरिएको थियो ।
कार्यक्रममा क्लवका पूर्व अध्यक्ष शिब बहादुर नेपाली प्रधानले रोटरी क्लव अफ पाटन साउथको स्थापनामा भूमिका खेल्ने केहि संस्थापक सदस्यका बारेमा चर्चा गरेका थिए । क्लबले जहिले पनि अलिक पृथक प्रकृतिका कामहरु गर्ने गरेको बताउँदै उनले क्लबको २५ वर्षे यात्राका क्रममा भएका बिबिध आरोह अवरोहबारे प्रकाश पारेका थिए । कार्यक्रमको अध्यक्षता क्लवकी अध्यक्ष चाँदनी रानाले गरेकी थिईन ।