

सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा २ क्विन्टल बढी गाँजा बरामद

रौतहट । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले झन्डै २०४ किलो गाँजा बरामद गरेको छ ।
सोमबार बिहान १ बजे रौतहटको गौर नगरपालिका–२ बकैया खोला किनारमा सशस्त्र प्रहरी निरीक्षक महेश्वर गिरी र प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक सुरेश चौधरीको संयुक्त कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेका नौ जना प्रहरी देख्नेबित्तिकै उक्त सामान छाडेर भागेको सशस्त्रको गौर बीओपीका प्रमुख महेश्वर गिरीले जानकारी दिए । उक्त गाँजा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएकाे प्रहरीले जनाएकाे छ।