

कुवेतमा सुतेकै अवस्थामा तनहुँका सुनारको मृत्यु

तनहुँ । तनहुँ स्थायी घर भई हाल कुवेतमा कार्यरत एक नेपालीको सुतेकै अवस्थामा मृत्यु भएको छ ।
राष्ट्रिय पन्चे बाजा समूह कुवेतका अध्यक्ष विष्णु विश्वकर्मा (सुनार) आफ्नै कोठामा मृत भेटिएका हुन । मृतक सुनार ६ वर्षदेखि कुवेतको एक सैलुनमा काम गर्दै आएका थिए ।
घटना बारे कुवेतस्थित नेपाली दूतावासले जानकारी पाएको र आवश्यक कानुनी प्रक्रिया पुरा गरि शव नेपाल पठाइने जनाएको छ ।