सेनाका कुन दर्जाले कति पाउने भए तलब ? यस्तो छ रिक्रुटदेखि प्रधानसेनापतिसम्मले पाउने तलबमान



काठमाडौं । साउन २६ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सबै राष्ट्रसेवकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । बजेटमार्फत वृद्धि गरिएको १५ प्रतिशत जोडेर १ साउनदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत भएको हो ।

नयाँ तलबमान स्वीकृत भएसँगै नेपाली सेनाका विभिन्न २१ दर्जाका नन कम्ब्याटेन्टदेखि प्रधानसेनापति सम्मको तलबमा १५ प्रतिशत थप भएको छ । सरकारको निर्णयअनुसार गत असार २०७९ सम्मको बेसिक तलबमा १५ प्रतिशत थप गर्ने निर्णय भए बमोजिम साउनदेखिको तलब पाउने भएका हुन् ।

नेपाली सेनाको सबैभन्दा तल्लो तह मानिएको नन् कम्ब्याटेन्टको तलब यसअघि २१४८० भएकोमा यसै साउनदेखि ३२२२ रुपैयाँ थपिइ २४७०२ पुगेको छ ।

त्यस्तै सेनाको सिपाहीको तलब २६ हजार ८२ पुगेको छ भने सबैभन्दा बढी प्रधानसेनापतिको तलब ७७ हजार २११ रुपैयाँ पुगेको छ । यो तथ्यांकमा ग्रेडबापतको कुनै पनि रकम जोडिएको छैन ।