

सिसडोल र बन्चरेडाँडाबासीले लिए आन्दोलन फिर्ता

काठमाडौं । सिसडोल-बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयले काठमाडौँ उपत्यकाको फोहोरमाथिको अवरोध र आन्दोलन फिर्ता लिएका छन् ।
मन्त्रिपरिषद्को निर्णय निर्देशन र सहरी विकास मन्त्रालयले कार्यान्वयन गर्न दुई महिनाभित्र सबै समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय गरेसँगै आन्दोलन फिर्ता लिएका हुन् ।
यसका लागि मन्त्रालयका पदाधिकारीहरूले प्राविधिक टोलीसँग संयुक्त हस्ताक्षर गरेका छन् ।
दुबै ल्ल्याण्डफिल साइटका स्थानीयले भदौ १ गतेदेखि सधैँका लागि उपत्यकाको फोहोर ढुवानी बन्द गर्ने घोषणा गरेका थिए । मन्त्रालयको निर्णयसँगै तत्काल आन्दोलन फिर्ता लिएको बञ्चरेडाँडा ल्यण्डफिलसाइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समिति धादिङ–नुवाकोटका संयोजक श्रीराम ढुङ्गानाले जानकारी दिए ।
उनले सिसडोल–बञ्चरेडाँडा ल्यण्डफिल साइट प्रभावित कोल्पुखोला आधारक्षेत्रका नागरिकको जिउधन र वातावरण रक्षाको लागि सरकारले ऐतिहासिक निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।
मन्त्रालयको निर्णय अनुसार प्राविधिक टोली भदौ १ गतेदेखि प्रभावित क्षेत्रमा खटिनेछ ।