यसरी हानियो जापानी पूर्व प्रधानमन्त्रीलाई बिच सडकमा गोली (भिडियोसहित)



टोकियो – एक राजनीतिक कार्यक्रममा सहभागी भइरहेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ ।

शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको भनिएको भिडियो समेत सञ्चारमाध्यममा बाहिरिएको छ ।

गोली प्रहारबाट गम्भीर घाइते भएका आबेको अहिले उपचार भईरहेको पनि जनाइएको छ । छातीमा गोली लागेका आबेको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

आक्रमणकारीले पछाडीबाट प्रहार गरेको गोली लागी आबेको छातीको देब्रे भागबाट रगत निस्किएको देखियो छ । त्यसैले गोलीले उनको छातीनै प्वाल पारेको हुनसक्ने अनुमान गरिएको छ ।

उनलाई आक्रमण गरेका व्यक्तिलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको छ ।