आजदेखि कांग्रेस पदाधिकारी बैठक



काठमाडौं । नेपाली कांग्रेसले आब्हान गरेको पदाधिकारी बैठकमा शेखर कोइराला पक्षधरले पाँच बुदेँ असन्तुष्टी जाहेर गर्ने भएका छन् ।

मंगलवार देखी काठमाडौंमा सुरु हुने बैठकमा पार्टीका सबै बिभागमा ४० प्रतिशतसमेतको दावी गर्दै कोइराला पक्षले सो असन्तुष्टी जाहेर गर्ने भएका हुन् ।

गत बिहिवार बसेको कोइराला समुहका बैठकले सरकार भ्रष्टचारमा लिप्त भएको देखी सभापति शेरबहादुर देउवा पार्टीको नेता नभएर गुटको नेता भएको भन्दै ‘रचानात्मक बिद्रोह’ गर्ने जनाएका थिए । महामन्त्री गनन थापासमेत उपस्थित बैठकमा कोइराला पक्षधरका अधिकांस नेताको उपस्थीति रहेको थियो । मुलतः पार्टीको भातृ संगठनको बिषय देखी समसमायिक राजनीतिक बिषयमा छलफल हुनेछ ।

मंगलवार देखी सुरु हुने बैठकमा सरकार सञ्चालन देखी अन्य बिषयमा असन्तुष्टी जनाउँदै कोइराला पक्षधरले ‘रचानात्मक बिद्रोह’ गर्ने केन्द्रिय सदस्य चन्द्र भण्डारीले जानकारी दिएका छन् ।