

यसरी गरियो जंगीअड्डामा प्रधानसेनापति शर्माको स्वागत

काठमाडौं । अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्र्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो ।
लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो ।
भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।